समाचार

अस्पतालभित्र महिलाको हत्या

सर्लाही / सर्लाहीको मलंगवा नगरपालिका ९ स्थित सर्लाही आँखा केन्द्र अस्पतालभित्र नै एक महिलाको हत्या भएको छ। बिहीबार दिउँसो रौतहट यमुनामाई गाँउपालिका ३ घर भएकी २७ वर्षीय सुप्रिया भारतीको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए। हथौडा प्रहार गरी भारतीको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

भारतीलाई सोही अस्पतालमा काम गर्ने ३० वर्षीय अमितकुमार बैदारले हथौडा प्रहार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। बैदार फरार भएकाले खोजी भइरहेको एसपी भट्टराईले जानकारी दिए। अमित दुई वर्षदेखि अस्पतालमा कार्यरत थिए। हत्याको कारण भने खुल्न सकेको छैन। ‘हत्याको कारण भने खुल्न सकेको छैन। हामी फरार अमितको खोजी गरिरहेका छै,’ एसपी भट्टराईले भने। भारतीका ४ वर्षीय छोरासमेत घाइते भएका छन्। मृतक भारती अस्पताल प्रमुख डाक्टर दीपेन्द्रकुमार रजककी श्रीमती हुन्। फरार रहेका अमित दीपेन्द्रका भिनाजुका भाइ नाता पर्छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *