समाचार

यसकारण बढेको रहेछ सुनको भाउ

अमेरिका(इरानबीचको बढ्दो तनाव, अन्तर्राष्ट्रिय व्यापार युद्ध र पछिल्लो अमेरिकी वित्तीय नीतिले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उच्चदरमा बढेको छ।आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउप्रति औँश ९२८।३५ ग्राम० १ हजार ३ सय ९९ अमेरिकी डलर पुगेको छ। जुन अघिल्लो महिनाको भन्दा ५।९६ प्रतिशतले बढी हो।

अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाएपछि लगानीकर्ताले डलरभन्दा सुनमा लगानी बढाउन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। त्यस्तै, अमेरिका–चीन व्यापार युद्धलाई ध्यानमा राख्दै चीनले सुनको मौज्दात बढाउने घोषणा गरिसेकको छ।

अर्कातर्फ अमेरिकाले आफ्नो वित्तीय नीति बदल्दै आउँदो महिनादेखि बैंक ब्याजदर घटाउने घोषणा गरेको छ। सोहीकारण लगानीकर्ता डलर र सेयर बजारमा भन्दा सुनमा बढी आकर्षित भएका छन्।यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मागसँगै भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम इकोनोमिक टाइम्स, बिजेस स्ट्यान्डर्डलगायतले जनाएका छन्। यो खबर आजको नयाँ पत्रिकामा कृष्ण रिजालले लेखेका हुन्।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपालमा पनि त्यसको प्रभाव स्वतः परेको छ । जसका कारण सुनको भाउ अहिलेसम्मकै बढी पुगेको हो। आइतबार प्रतितोला ६५ हजार रुपैयाँका दरमा सुनको कारोबार भएको छ।नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले बताए ।

‘विभिन्न अन्तर्राष्ट्रिय तनाव र व्यापार युद्धका कारण लगानीकर्ताले सुनमा लगानी बढाउन थालेका छन्, चीन आफैँले पनि सुनको मौज्दात बढाउने घोषणा गरिसकेको छ,’ उनले भने, ‘यसरी सुनको माग अत्यधिक रूपले बढेसँगै भाउ पनि बढेको हो।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *