समाचार
मिना ढकाल भन्छिन “याद राख एउटी महिला बेश्या हुँदा १०० पुरुष बेश्या हुन्छन्” ढिलो आयो कडा आयो
गायिका मिना ढकाल पछिल्लो समय खुबै चर्चामा आएकी पात्र हुन् । नेपाली समाजिक सञ्जाल प्रयोगकर्ताहरुमा पोष्ट गरेका शब्दकै कारण आलोचित हुने पात्रहरुमापनि उनी शीर्ष मै छिन् ।कहिले बिछोड भएका पूर्व पति मनोज गजुृरेलसँग जोडिएका अभिव्यक्तिले आलोचित हुन्छिन् त कहिले समसामयिक विषयको अभिव्यक्तिले चर्चामा हुन्छिन् । अहिले पछिल्लो समय उनको फेसबुक स्टाटस झनै चर्चामा छ । स्टाटस पोष्ट गरेको ४ घण्टामा नै प्रतिक्रियाको संख्या १०० नाघेको छ । उनले स्टाटसमा भनेकी छिन् ।
एउटा पुरुषले 1000 जना सङ यौन सम्बन्ध राख्दा सम्म पनि उ गतिलो मर्द कहलिन्छ, तर एउटि महिला स्वतन्त्र भै बाच्न खोज्दा चरित्रहिन हुन्छे! वाह तेरो समाज!!तर याद राख एउटि महिला बेस्या हुदा 100 पुरुष बेस्या हुन्छ नि ! जो जो सङ सम्बन्धित छ उनको यो अभिव्यक्तिलाई केहीले सही भनेका छन् केहीले गलत लेखेको भनेको छन् । केहीले आफ्नो इच्छामा भर पर्छ, समझदारीमा सहि ब्यक्तिहरुसँग सुरक्षित शारीरिक सम्बन्ध जस्ले जति जनासँग पनि राख्न सकिन्छ । शारीरिक सम्बन्धमा महिलापुरुष दुबैको उत्तिकै भुमिका रहन्छ ।

