समाचार
सरकारले पशुपतिनाथ मन्दिर रहेको जग्गाको लालपूर्जा नदिएको खुलासा
काठमाडौं– सरकारले पशुपतिनाथको मूल मन्दिर रहेको जग्गाको समेत लालपूर्जा नदिएको खुलासा भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदीप ढकालले यस्तो कुराको खुलासा गरेका हुन् ।
बिहीबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा समितिका सदस्यहरुलाई उनले पशुपतिनाथको मूल मन्दिरको जग्गाको लालपूर्जा समेत सरकारले नदिएको जानकारी दिएका हुन् ।
ढकालले पशुपतिनाथको जमिन भने कसैले पनि अतिक्रमण नगरेको दावी गरे ।लालपूर्जा नभएपनि पशुपतिनाथको अचल सम्पत्तिको रुपमा रहेको जग्गा भने कसैले पनि अतिक्रमण नगरेको पशुपति क्षेत्र विकास कोषको भनाई छ ।



