समाचार

गर्लफ्रेण्डसहित भोलेबाबालाई सजाय, राधाले पाइन न्याय

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका, ५ देउकलियाकी राधा चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गर्ने भोलेबाबा भनिने रामबहादुर चौधरीलाई पाँच वर्ष कैद र एक लाख जरिवाना गर्ने फैसला सुनाइएको छ ।

राधालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरेको दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले यस्तो फैसला सुनाएको अदालतका श्रेष्तेदार ईन्द्र कठायतले जनाकारी दिए ।

जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासले भोलेबाबाका सहयोगी किस्मती चौधरीलाई एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना र स्मारीका चौधरीलाई ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना भराउने फैसला सुनाएको कठायतले बताए ।

भोलेबाबालाई सहयोग गरेको भन्दै पक्राउ परेका अन्य तीन जनालाई भने अदालतले सफाई दिएको छ ।

भोलेबाबालाई सहयोग रहेको भन्दै पक्राउ परेका सोही ठाउँकै स्थानीय चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीलाई अदालतले सफाई दिएको छ ।

गत फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसकै दिन बोक्सीको आरोपमा राधा चौधरीमाथि गाउँमै कुटपिट भएको थियो । उक्त घटनाको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै विरोध भएको थियो ।

बोक्सीको आरोपमा राधा चौधरीमाथि कुटपिट गरेको भन्दै ६ जना विरुद्ध बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा चलाइएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *