समाचार

गुठी माँस्ने शैतान जस्तै रैतान

गुठी संस्थान अन्र्तगतको मच्छिन्द्रनाथ गुठीले हालसम्म ६०१ रोपनी एक आना दुई पैसा जग्गा रैतान परिणत गरी दुई करोड ८८ लाख चार हजार दुई सय प्राप्त गरेको छ । एक दशक अघि विभिन्न समयमा रैतान गर्दा जम्मा भएको रकम बैंकमा राख्दा दोम्बर नै भएको मान्दा पनि पाँच करोड भएको मान्नुपर्छ ।

ललितपुरको महत्वपूर्ण स्थानहरुमा रहेका जग्गाको हालको मूल्य अनुसार कतिपयको एक रोपनीकै पाँच करोडभन्दा बढी पुगिसकेको छ । रैतान भएका ती जग्गामध्ये कुनैपनि रोपनीको करोड रुपैयाँ भन्दा कमले खरिद गर्न सकिदैन । वर्तमानको जग्गाको मूल्यलाई हिसाब गर्दा गुठी संस्थानले मच्छिन्द्रनाथ गुठीको छ सय रोपनी जग्गा गुमाएको मान्नुपर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *