समाचार

प्यालेस्टिनी प्रधानमन्त्रीको हम्दल्लाहको राजीनामा स्वीकृत

काठमाडौँ,१६ माघ ।प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले प्रधानमन्त्री रामी हम्दल्लाहले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ ।राष्ट्रपति अब्बासले मङ्गलबार प्रधानमन्त्री हम्दल्लाहको राजीनामा स्वीकृत गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

प्यालेस्टिनीे सरकारी समाचार संस्था वाफाले अर्को सरकार नबन्दासम्म यही सरकारले काम गर्नेगरी उहाँले राजीनामा स्वीकृत गर्नुभएको जनाएको छ । राष्ट्रपति अब्बासले नयाँ सरकार बनाउनका लागि चाँडै प्रक्रिया सुरु गर्नुहुने पनि समाचारमा जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *