समाचार

संविधान संशोधनको मुद्दा समाएर सत्ताको स्वाद लिइरहने उपेन्द्र यादवको दाउ !

नयाँ शक्तिसँगको पार्टी एकता घोषणामा होस् वा विटारनगरदेखि सुर्खेतसम्मका सन्देशसभामा समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले एउटै कुरा दोहोर्याइरहे, ‘यी अहिलेका कम्युनिष्ट होइनन्, कमाउनिष्ट हुन्। यिनीहरुबाट पार लाग्दैन।’

एकल बहुमतप्राप्त सत्तरुढ नेकपाप्रति सरकारकै उपप्रधानमन्त्रीको यो घोचपेच जति रोचक छ, त्योभन्दा धेरै तिनै कमाउनिस्टसँगको सत्ता साझेदारी जोगाउन उनले गरेका प्रयत्न। यो खबर आजको नेपाल साप्ताहिकमा जनक नेपालले लेखेका छन्।
सरकारको तेश्रो बरियताक्रमका उपप्रधानमन्त्री कार्यकर्ता माझ पुग्दा भने आन्दोलनको आह्वान गर्दै हिँडेका छन्।

एकै सयम सत्ता र प्रतिपक्षका दुई डुंगामा सवार भएर समाजवादी पार्टीले कतै संसदीय राजनीतिको असंगत अभ्यास त गरिरहेको छैन ?‘यो सत्ताप्रेमबाहेक केही होइन,’ विश्लेषक विजयकान्त कर्ण भन्छन्, ‘सडक, सदन र सरकार सबै मेरो भन्नु शतप्रतिशत असंगत राजनीति हो।’ उनी राजपालाई देखाएर सत्तामा टिकिरहने ध्याउन्नमा लागेका छन्।

गत वर्ष १४ जेठमा ‘देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने’ झिनो सहमतिमा टेकेर सात वर्षपछि सत्तामा फर्किएका यादव झट्ट प्रतिपक्षीय कुर्सीमा फर्किने सम्भावना देखिँदैन।संविधान संशोधनको मुद्दा समाएर सत्ताको स्वाद लिइरहनु नै उनको प्राथमिकतामा परको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *