समाचार

काठमाण्डौ आएर द्धारिकालाल चोधरीले पत्रकार रबि लामिछानेलाई यसरी चुनौती दिए

पछिल्लो समय आफ्नो अभिव्यक्तिको कारण चर्चामा आएका इटहरीका मेयर द्वारिका चौधरी यति बेला राजधानीमा आफ्नो विशेष कामले आएका छन् । पत्रकारलाई नाकको हड्डी भाच्‍न १ करोड रुपैयाँ नै छुट्टयाएको अभिव्यक्ति दिएपछि थप आलोचनाको सिकार बनेका उनी अन्तर्वार्ताहरु दिनमा पनि व्यस्त देखिन्छन।

मेयर चौधरीले पीत पत्रकारिता गर्नेहरुले आफूमाथि एक वर्षदेखि लगातार आक्रमण गरेको ग गुनासो पोखेका छन् ।पार्टीसँग मेयर पदको दाबेदारी गर्दै आएका रामप्रसाद चौलागाईंलाई पार्टीले मेयरको टिकटनदिए पछि आक्रोशित बनेको र आफ्नो चरित्र हत्या गर्न केही पत्रकारको सहारा लिएर एक वर्ष देखि अनेकौ षड्यन्त्र गर्दै आएको उनको आरोप छ।

उनले पनि पत्रकारलाई धम्कि दिएको स्वीकारेका छन्। उनी भन्छन, ‘मलाई मेयर भए देखि नै आफूमाथि उनीहरु सच्चा पत्रकार थिएनन्। केहि पत्रकारहरुले विना आधार समाचार सम्प्रेषन गरे। पत्रकारहरु कुनै समाचार लेखाउँदा र अन्तर्वार्ता गर्दा समेत् पैसा लिने गर्थे। उनीहरुले नै आफुलाई उत्तेजित गराएर आक्रोशित हुन् बाध्य बनाए। म देखि मेरो परिवार जनलाई समेत् मानसिक टर्चर भयो।’

उनको अनुसार, पत्रकारहरुको झुटो अफवाह देखेर उनी आजित भए । धैर्यताले सिमा नाघेपछी उनी कराउन र चिच्याउन थालेका हुन् । उनले सुविधाभोगी भएका भ्रष्टचारीलाई आफुले ठेगान लाउने दावी गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *