समाचार

भारतीय वायु सेनाको विमान चीनको सीमाना नजिकैबाट बेपत्ता, खोजतलासमा भारतीय वायु सेनाको टोली सक्रिय

एजेन्सी– चीनको सीमाना नजिकै भारतीय वायु सेनाको विमान वेपत्ता भएको छ । बिबिसीका अनुसार भारतीय वायू सेनाको एएन–३२ विमान चीनको सीमाना नजिक बेपता भएको हो । भारतीय सेनाका प्रवक्ता रत्नाकर सिंहले बिबिसीसाग कुरा गर्दै भने मेचुकाका लागि उडेको विमान बेपता भएको हो, अहिलेसम्म सम्र्पकमा आएको छैन ।

अपरान्ह १२ बजेर २५ मिनेटमा जोरहाटबाट अरुणाञ्चल प्रदेशको मेचुकाका लागि उडेको विमान बेपता भएको र विमानमा विमान चालक दलका ८ सदस्यसहित १३ जना सवार भएको समेत उनले उल्लेख गरेका छन् ।

विमान उडान भरिएको केही समयमै विमानको सम्पर्क टुटेको बिबिसीले जनाएको छ । बिबिसीका अनुसार विमान अपरान्ह १२ बजेर २५ मिनेटमा जोरहाटबाट अरुणाञ्चल प्रदेशको मेचुकाका लागि उडेको थियो । बेपता विमानको खोजतलासमा भारतीय वायु सेनाको टोली लागीपरिरहेको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *