uncategorized

६ वर्षे ब्लड क्यान्सर पिडितलाई तपाइको १ सेयरले गर्दा उठ्यो डेढ लाखको सहयोग, हेरौं र सेयर गरौं

ब्लड क्यान्सरको समस्यामा रहेका डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ८ गोदडाका ६ वर्षे बालक रोशन साउँदको उपचारका लागि एकै व्यक्तिले एक लाख रुपैंया सहयोग प्रदान गरेका छन् । अनलाईन समाचार र सामाजिक सञ्जालमा रोशनको बारेमा जानकारी पाएको र आफ्नै छोरा जस्तै महशुस गरी काठमाण्डौमा बस्ने रियाज अहमदले रोशनको उपचारका लागि विहिबार १ लाखको चेक प्रदान गरेका हुन् ।

उनले रोशनको उपचार भईरहेको नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरमै पुगेर चेक हस्तान्तरण गरेको रोशनका आफन्त गणेश साउँदले जानकारी दिए । हिजो बुधबार मात्रै काठमाण्डौकै दरबारमार्ग बस्ने एक व्यक्तिले रोशनको उपचार सहयोगका लागि रु ५० हजार रोशनका नाममा नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरमा धरौटी जम्मा गरिदिएका थिए । आफ्नो नाम समाचार र सामाजिक सञ्जालमा नराख्ने शर्तमा उनले उक्त रकम प्रदान गरेका हुन् ।

यसै गरी विभिन्न सहयोगी व्यक्ति तथा सँस्थाको सहयोगमा राष्ट्रिय वाणिज्य बैंक डोटी शाखामा रोशन साउँदको नाममा रहेको खाता नं. ४१०००१८४०८१० मा यसै साताको आइतबारदेखि यता झण्डै डेढ लाख रकम जम्मा भईसकेको छ । रोशनका बारेमा सुदूरखबरले समाचार उठान गरेसँगै डोटीका युवाहरुले रोशनको उपचारका लागि आर्थिक संकलन अभियान शुरु गरेपछि ३ लाख बढी रकम संकलन भइसकेको छ ।

अत्यन्तै दयनीय आर्थिक अवस्थाका कारण रोशनको उपचारका लागि अझ पनि आर्थिक अभाव रहेको छ । गत बैशाखमा डोटीको शैलेश्वरी अस्पताल, जिल्ला अस्पताल डोटी हुँदै काठमाण्डौको सिभिल सर्भिस हस्पिटल पुगेर चेकजाँच गराउँदा रोशनलाई ब्लड क्यान्सर देखिएको थियो । उपचारका लागि शुरुमै ८ लाख धरौटी राख्न भनिएपछि उनको आर्थिक अभावले उपचार गर्न नसकि घर फिर्ता ल्याइएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *