uncategorized

बिहानै आयो दुखद खबर: रामेछापमा बस दुर्घटना, ६ जना घाइते

रामेछापको लिखु तामाकोशी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ। ओखलढुंगाको पोल्थलीबाट काठमाडौंका लागि छुटेको अरनिको यातायातको बा ३ ख ५०६७ नं बस सैपुको सुनुवार गाउँमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।

उनीहरुको स्थानीय स्वास्थ्य चौकी सैपुमा प्राथमिक उपचारपश्चात दुईवटा एम्बुलेन्सबाट काठमाडौ लगिएको स्वास्थ्य चौकी सैपुका हेल्थ असिस्टेन्ट नगेन्द्र कुँबरले जानकारी दिए ।

दुर्घटनाको केही समय अगाडी बसको टायर पन्चड भएको घाइतेले बताए । चालकलाई उदृत गर्दै घाइतेले भने – ‘एउटा टायर पन्चड भएकाले सम्ममा लगेर बनाउन अगाडि बढाउँदा गाडिको ब्रेक फेल भयो । ठूलो क्षति हुनबाट जोगाउन चालकले भित्ताको नाली साइडमा गाडि मोडेर जोगाइएका थिए।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *