uncategorized
पेटमा बोसो बढ्यो ? केही दिनमै घटाउन सेवन गर्नुहोस् काँक्रो यस्ता छन् अन्य फाइदा
काठमाडौ काँक्रो स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यसका विभिन्न किसमका फाइदा हुने गर्दछन । यो एउटा लहरे फल हो ।
काँक्रोलाई प्रायः सलादको रुपमा प्रयोग गर्ने गरिन्छ । । नियमित काँक्रो सेवन गर्नु मानव स्वास्थ्यका लागि एकदमै फाइदा जनक छ । काँक्रोले गर्मीको समयमा शीतलता प्रदान गर्नुका साथै छालामा सौदर्यता प्रदान गर्न मद्धत गर्छ । यसको सेवन गर्दा विभिन्न प्रकारका फाइदा हन्छन् । काँक्रो नियमित सेवन गर्नाले मधुमेह र रक्तचाप जस्ता समस्याबाट बच्न सकिन्छ । क्यान्सरको खतरा कम हुन्छ । काँक्रोमा पाइने विभिन्न तत्वहरुले क्यान्सरलाई रोक्न मद्दत गर्दछ ।
स्तन क्यान्सरको जोखिमलाई पनि कम गर्दछ ।मुख गनाउँने समस्या हुँदैन् । काँक्रोको एक टुक्रा जिब्रोले मुखको माथिल्लो भागमा आधा मिनेट राख्ने गर्नुपर्छ । यसले काँक्रोबाट निस्किने फाइटोकेमिकलले मुख गनाउँने समस्यालाई समाप्त पार्छ ।सिलिशीया नामक तत्व काँक्रोमा प्रचुर मात्रामा पाइन्छ । यसले जोर्नीको समस्याबाट छुट्कारा पाउनुका साथै तन्तुहरुलाई पनि बलियो बनाउँछ ।
