uncategorized

धरान जाँदै गर्दा ग्यास बाेकेकाे ट्रक दुर्घट्ना

इटहरी / सुनसरीको इटहरी हुदै धरान जाने क्रममा चारकोशे झाडीमा ग्यास बोकेको ट्रक दुर्घट्ना भएको छ । इटहरीबाट धरान जादै गरेको को १ ख ७१३ नम्बरको ग्यास बोकेको ट्रक अनियन्त्रीत भई सडकमा पल्टिन पुगेको हो ।

ट्रकमा ओभरलोड ग्यास बोकेर धरान जादै गरेको ट्रक ओभर स्पीडकै कारण सडकको बीच भागमा पल्टिएको हो । ग्यास जथाभावी पल्टन पुगे पनि मानवीय क्षती भने नभएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलयका असई ज्ञानु देउजाले जनाए । ट्रक चालक भने घाईते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

अहिले जंगल क्षेत्रमा सवारी आवत जावत समेत बन्द रहेको कारण १ नम्बर प्रदेश प्रहरी कार्यलयबाट गाडी तान्ने मेसिन ल्याएर सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ । ग्यास रोडमा पल्टिएकार कारण समस्या भईरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *