uncategorized
स्कुटरमा सँगै लगेर अष्ट्रेलिया जाने तयारीमा रहेकी प्रेमिकाको ज्यान लिने दिनेशलाई जन्मकैद सजाए
विराटनगर । अष्ट्रेलिया जाने तयारीमा रहेकी प्रेमिकाको हत्या गर्ने विराटनगर १० का दिनेश भट्टराईलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले ३० वर्षका भट्टराईलाई जन्मकैदको फैसला सुनाएको हो ।
आठ महिना अघि २३ वर्षकी शिखा घिमिरेको हत्या गरेका उनलाई लागु अपराध संहिताको व्यवस्था अनुसार जन्मकैद फैसला भएको हो ।अदालतले पीडित परिवारलाई १ लाख क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ ।
विराटनगरबाट स्कुटरमा सँगै बेलवारीतर्फ गएका दिनेशले ग्रामथानमा पुगेपछि धारिलो हतियार प्रयोग गरी शिखाको हत्या गरेका थिए । खुकुरी प्रहार गरेको देखेपछि गाउँलेहरुले दिनेशलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको थिए ।
