uncategorized
विमानस्थलको सुरक्षा अब रोबोटको जिम्मा
टोकियो, १६ जेठ । जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ । जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्य टोकियोमा पर्दछ । यस विमानस्थलमा सुरक्षा प्रयोजनका लागि रोबोटको प्रयोग गरिने भएको अधिकारीहरुले जनाएका छन् । यस प्रयोजनका लागि चार ओटा रोबोट परिचालन गरिने छ । स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार ती रोबोट १।२० मीटर उचाईका छन् ।
ती रोबोटमा ३६० डिग्रीको हिसाबमा निगरानी गर्ने क्यामेरा जडान गरिने छ । ती क्यामेराले सुरक्षाको राम्रो निगरानी राख्ने बताइएको छ ।
रोबोटबाट सुरक्षा निगरानी बढाइने यस प्रणाली यही जुन ३ तारिखबाट शुरुआत गरिने उक्त विमानस्थल प्रशासनले बिहीबार विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको हो ।

