uncategorized

जेठ १६ गते बिहिबार मे ३० को राशिफल, श्रीबगलामुखी माताले सबैको रक्षा गरुन

आज श्री शाके १९४१ बि.स. २०७६ साल ज्येष्ठ १६ गते बिहिबार इश्वी सन् २०१९ मे ३० तारीख ज्येष्ठ कृष्णपक्ष एकादशी तिथी रेवती नक्षत्र आयुष्मान योग कौलब करण चन्द्रमा मीन राशिमा आनन्दादि योगमा मित्र योग सुर्य उत्तरायण ग्रीष्म ऋतु अपरा एकादशीव्रत – ज्यो.पं. सरोज घिमिरे ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । खर्च बढ्ने तथा सामान्य क्षती ब्यर्होनु पर्ला । कुराकाट्ने ब्यक्ती हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्या रहला । बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । शारीरिक आलस्यले सताउन सक्छ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

पारीवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । सन्तान सम्बन्धि समस्या ले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

बोलिको कारण साधारण समस्या आउन सक्नेछ । स्तान्तरण को योग रहको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

स्वास्थका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । बिश्वासिला ब्यतिmहरुबाट सामान्य धोका हुन सक्नेछ । प्रतिश्पर्दिहरुको बृद्धिहुनाले कार्य सम्पादनमा सामान्य तनाब उत्पन्न हुनसक्नेछ । भोगबिलासका क्षेत्रमा समय ब्यतित रहला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । अध्यन अध्यापनमा समय ब्यतित रहनेछ । रचनात्मक कार्यमा जुट्नाले मनग्य आम्दानि हुने समय रहेकोछ । बौधिक ब्यतित्व हरुको साथ सहयोगमा बृद्धिहुने समय रहेकोछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको सामना गर्नुपर्नेछ । ब्यपार ब्यवसाय मध्यम रहने समय रहेकोछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बल तथा प्रराक्रममा बृद्धिहुने समय रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुरा कार्य हरु सम्पादित रहनेछन । मनोरञ्जनका क्षेत्रमा सामान्य यात्राको सम्भाबना रहेकोछ । मान्यजनहरुको स्वास्थमा सामान्य तनाब रहनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्तजनहरु बिच मनमुटाबको सम्भाबना रहेकोछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । साथिभाईहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । पारीवरिक शुःख प््रााप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । समय मध्यम रहने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *