uncategorized
फ्रेन्च लिग वान : नेयमार बिनै पीएसजीको फराकिलो जित
पेरिस, १४ माघ । नेयमार बिनै मैदान उत्रिएको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा रेनिसमाथि ४–१ को फराकिलो जित निकालेको छ।

पीएसजीको फराकिलो जितमा एडिन्सन काभनीले दुई तथा केलियान एमबाप्पे र एन्जल डि मारियाले समान एक गोल गरे। रेनिसका लागि एमबाय नियाङले एक गोल फर्काएका थिए।