समाचार
बम विस्फोट भएर प्रज्वलको मृत्यु भएपछि परिवार मात्रै नभई पुरै गाउँ शोकमा डुब्यो
जेठ १३ बझाङ । काठमाडौंको घट्टेकुलोमा बम विस्फोटमा परी मृत्यु भएका प्रज्वल शाहीको मृत्युको खबरले परिवार भाव विह्वल भएका छन् । उनी नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा निकट बिद्यार्थी संगठनका केन्द्रीय सदस्य थिए । आफ्ना कार्यकतर्ता तिर्थराज घिमिरेको गिरफ्तार गरी हत्या भएको भन्दै नेकपाले १३ गते सोमवारको लागि घोषणा गरेको थियो ।
बन्दको अघिल्लो दिन अर्थात १२ गते आइतबार अपरान्ह लोकमन्जरी कार्र्कीको घरमा बम विस्फोट भए सगै शाहिको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको थियो । छोरा प्रज्वलको मृत्यु भएको समाचार आएपछि सामाजिक संजालमा आएपछि परिवारको बिचल्ली भएको छ ।
परिवारको जिम्मेवारी आफुले बोकेका शाहिका भाई बहिनी को पढाई पनि चौपट पर्ने भएको उनका मामा नाता पर्ने नरेश सिंहले बताए । उनको बुवा गाउँका सामान्य ब्यापारी हुन् । तर सो पेसाले पनि छोरा छोरीको पढाई खर्च धान्न नसकिने बताउछन् । काठमाडौं मै बस्दै आएका भाई बैनिलाई प्रज्वल आफैँले गएको सात बर्ष गघिबाटै पढाई, बस्ने, खाने खर्चको प्रबन्ध मिलाउदै आएका थिए ।
अब उनका भाई बहिनिलाई गाउँले जिबन भन्दा केही फरक भइसकेको बेला आफ्नो दाइको मृत्युका कारण अब बिच बाटोमा बिचल्ली पारेको उनकी बहिनी बताउछिन् । उनी भन्छिन दाईको मृत्युले हाम्रो आगामी भबिष्य चौपट भयो ।
को हुन प्रज्वल शाही ? बझाङ जिल्ला जयपृथ्बी नगरपालिका वडा नः १ घर भएका बिजय शाहीका जेठा छोरा हुन् प्रज्वल । उनको जन्म दुई हजार ५१ सालमा आमा जानकी देबी शाहीको कोख बाट जन्म भएको थियो ।
शाही अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सद्स्य थिए। सधै मधुर स्वभावका प्रज्ज्वल शाही बझाङबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गएका थिए । उनले २ भाई बिवश, बिश्वजन साथै २ बहिनी मनिषा र कलशालाई पनि काठमाडौंमै पढाउन लगेकाका थिए ।
सिटिइभीटी बाट सम्बन्धन प्राप्त ओम समाज कलेज बाट एच ए सकाएका उनि कलेज पढ्दा देखि नै बिद्यार्थी राजनीतिमा सक्रिय थिए । पढाइ सकेर केही समय मेडिकल पसल सञ्चालन गरेका उनीमा राजनीतिलाइ बुझ्ने र प्रयोग गर्ने कला भरपुर देखिन्थ्यो । तल्लो तह बाट राजनीति सुरु गरेका शाही अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य समेत थिए । गोरो र उज्यालो अनुहारका प्रज्वल नाम जस्तै उज्यालो र हसिला थिए । सबैसँग उत्तिकै घुलमिल हुने शाहीको मृत्युको खबरले यतिबेला कैलाश पिमी गाउँ पुरै शोकमा डुवेको छ ।


