समाचार
आजदेखि बुद्ध एयरको काठमाडौँ–कोलकत्ता उडान सुरु
काठमाडौँ । बुद्ध एयरले सोमबारदेखि काठमाडौँ–कोलकत्ता उडान सुरु गरेको छ । बुद्ध एयरले सोमबारदेखि काठमाडौँ–कोलकत्ता–काठमाडौँको व्यवसायिक उडान सुरु गरेको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले जानकारी दिए । आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले सोमबारदेखि काठमाडौँ(कोलकत्ता–काठमाडौँको व्यवसायिक उडान गर्न लागिएको जानकारी गराएका थिए।
बुद्ध एयरले सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार काठमाडौँ–कोलकत्ता उडान गर्न लागेको हो। अन्तर्रा्ष्ट्रिय उडानको अभ्यासको रुपमा सुरु गर्न लागिएको काठमाडौँ–कोलकत्ता उडान सफल भए अन्य स्थानका लागि अन्तर्रा्ष्ट्रिय उडान सुरु गरिने प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिए।
हरेक सोमबार, बुधबार र शुक्रबार बिहान ८ बजे काठमाडौँबाट बुद्ध एयरको जहाज कोलकत्ताका लागि उड्ने छ भने बिहान साढे १० बजे कोलकत्ताबाट काठमाडौँका लागि जहाज उड्ने छ ।
