समाचार

पेरुमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

 पेरुमा आइतबार बिहान शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जिओलोजिकल सर्भेका अनुसार पेरुको उत्तर–मध्य क्षेत्र केन्द्रविन्दु भएर ८ म्याग्निच्युडको भूकम्प गएको समाचार संस्था एपीले जनाएको छ ।

स्थानीय समय अनुसार आज बिहान पौने तीन बजेतिर भूकम्प गएको हो । भूकम्पको गहिराई ११४ किलोमिटर रहेका जनाइएको छ ।

जमिनको तहबाट कम गहिराई केन्द्र रहेर गएको भूकम्पका कारण बढि क्षति हुन्छ । भूकम्पका कारण के–कति क्षति भयो भन्ने विवरण आएको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *