समाचार
जिपको ठक्करबाट १६ महिने बालिकाको मृत्यु
पाल्पा । शनिबार साँझ करीब ६ बजे पाल्पा जिल्लाको निस्दी गाउँपालिका १ डमरामा जिपको ठक्करबाट १६ महिने बालिकाको मृत्यु भएको छ । निस्दी १ रामपुर केलादीको भित्री कच्ची सडकखण्डमा जिपले ठक्कर दिँदा १६ महिने बालिका ऋतिका पौडेल क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । रामपुर नगरपालिका ५ बेझाँडबाट निस्दी १ बाकामलाङ्गलाई छुटेको लु १ ज २४४४ नम्बरको जिपले बालिकालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
भेषराज पौडेल र रिता पौडेलकी १६ महिने छोरी ऋतिकालाई घरनजिकै खेलिरहेको अवस्थामा जिपले ठक्कर दिएको स्थानीयले बताएका छन् । जीप र चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भैरहेको पनि जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
