समाचार

अलपत्र अवस्थामा बालक फेला : आमा-बुबा सम्झी-सम्झी रुन्छन् यी बालक, बोली नबुझिएका कारण पहिचान खुलेन

काठमाडौँ – विराटनगरमा एक बालक अलपत्र अवस्थामा फेला परेका छन् ।अलपत्र अवस्थामा फेला परेका बालकको परिवारजन खोज्न समस्या भएको छ। विराटनगरस्थित बाल हेल्पलाइनको संरक्षणमा एकसाता यता प्रस्ष्टसँग बोल्न नसक्ने बालक छन् ।बालक विराटनगरस्थित नोबेल मेडिकल कलेज अगाडिबाट भेटिएका थिए।८–९ वर्षका बालकको पहिचान नखुलेपछि मोरङ प्रहरीले संरक्षणका लागि बाल हेल्पलाइनमा पठाएको थियो ।

तर, बोल्न नसक्ने भएका कारण बालकको आफन्त खोज्न समस्या भएको छ ।ती बालक तराइमूलका जस्तै देखिने बताइएको छ ।ती बालक आफन्तको खोजिमा रुने र कराउने गरेका छन् ।उनको बोली नबुझिएका कारण परिवार खोज्नै समस्या परेको हो । ती बालकको आफन्त खोजिमा सहयोग गर्न सम्पूर्णमा अपिल गरिएको बाल हेल्पलाइन विराटनगरले जनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *