समाचार
पाँचथर हत्या प्रकरण : हत्यामा प्रयोग गरिएको खुकुरी रगतले लतपतिएको अवस्थामा फेला
पाँचथर / मिक्लाजुङको आरुबोटेमा नौ जनाको ज्यान जाने गरी गरीएको हत्यामा प्रयोग गरिएको हतियार फेला परेको छ । मृतक बमबहादुर फियाकका ज्वाइँ मानबहादुर माखिमको शव रहेको मिक्लाजुङ ७ लिम्बा लुमाङदिन नजिकै खुकुरी र उनले प्रयोग गर्ने कपडाहरु भेटिएको जानकारी प्राप्त भएको छ । माखिमको शव झुन्डीएको अवस्थामा भेटिएको थियो ।
खुकुरी रगतले लतपतिएको अवस्थामा रहेको यसले गर्दा माखिम हत्यामा संलग्न रहेको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभयो । अब मानबहादुरको शब आरुबोटे ल्याउन लागीएको छ ।

मिक्लाजुङको आरुबोटेमा नौ जनाको ज्यान जाने गरी गरीएको हत्यामा प्रयोग गरिएको हतियार फेला परेको छ । मृतक बमबहादुर फियाकका ज्वाइँ मानबहादुर माखिमको शव रहेको मिक्लाजुङ ७ लिम्बा लुमाङदिन नजिकै खुकुरी र उनले प्रयोग गर्ने कपडाहरु भेटिएको जानकारी प्राप्त भएको छ ।
माखिमको शव झुन्डीएको अवस्थामा भेटिएको थियो । खुकुरी रगतले लतपतिएको अवस्थामा रहेको यसले गर्दा माखिम हत्यामा संलग्न रहेको आशंका गरिएको छ । अब मानबहादुरको शब आरुबोटे ल्याउन लागीएको छ ।

