समाचार
८ महिना हुदा खुट्टा गुमाएका यी बालकले खुट्टा पाएपछि खुशीले नाचे
एजेन्सी ।युद्द ग्रस्त मुलुकका एक बालकले द्वन्दका कारण आफ्नो खुट्टा गुमाउनु परेको थियो। मात्र ८ महिनाका हुदा अहमद रहमानले देशमा जारी द्वन्द्वका कारण आफ्नो खुट्टा गुमाउनु पर्यो। त्यसबेला उनको एउटा खुट्टा काट्नु परेको थियो। यसरि शरीरको अंगभंग हुनु युद्धग्रस्त मुलुक अफगानिस्तानको लागि सामान्य विषय थियो। कसैको हात नहुनु कसैको खुट्टा कसैको के कसैको के। कति घाइते हुनु अनि कति ले ज्यान गुमाउनु।
द्वन्द्वग्रस्त देश अफगानिस्तानमा सरकारी सेना र तालिवान लडाकूबीच गृहयुद्ध अझै पनि जारी रहेको छ। यस्तै दुई पक्षको भिडन्तको चपेटामा परेर त्यस समयमा लोगार प्रान्तका ८ महिनाका अहमदले आफ्नो खुट्टा गुमाएका थिए। उनको खुट्टामा गोली लागेको थियो। उनले खुट्टा गुमाएसनगै अरु पनि धेरै सर्बसाधारणले कतिले घर गुमाए कति घाइते समेत , कतिले ज्यान गुमाए। यो देश युद्धको चपेटाबाट अझै उम्कन सकेको छैन।
उनी अहमद रहमानको अहिले जिबन फेरिएको छन्। समयको चक्र घुम्दै गर्दा अहिले उनि ५ बर्ष पुगिसकेका छन्। खुट्टा गुमाएका उही अहमद अहिले केहि खुसि देखिन्छन। खुसि हुदै नाचेर देखाउछन। किनकि उनले कृत्रिम खुट्टा पाएका छन् । नयाँ कृत्रिम खुट्टा पाएका अहमद खुट्टा पाए संगै यति खुशी भए उनी नाच्न थाले। जुन भिडियो सामाजिक संजाल मा राखिएको छ। जुन भिडियोलाइ मुल्करा रहिमीले खिचेका थिए। सामाजिक संजालमा उपलब्ध यो भिडियो यतिबेला विश्वभर निकै भाइरल बनिरहेको छ।




