काल बनेर आएको टिपरको ठक्करबाट महिलाको मृत्यु, महिलाको मृत्यपछि गरे स्थानियले सडक अवरुद्ध

अ+
अ
अ-

नवलपरासी — नवलपरासीको भेडाबारीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुने महिलाको सनाखत हुन सकेको छैन ।मत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्गमा यातायात अवरुद्ध गरेका छन् ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार साँझ ५ बजे टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् । अहिले राजमार्ग खुलाउन घटनास्थलमा प्रहरी खटिएको छ ।