समाचार
नेता पौडेलद्वारा प्रसिद्ध धार्मिकस्थल छाब्दी वाराही मन्दिर मार्गको अनुगमन
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल छाब्दी वाराही मन्दिर मार्गको अनुगमन गर्नुभएको छ । सो अवसरमा उहाँले गुणस्तरीयतामा ध्यान दिन आग्रह गर्नुभयो ।
छाब्दी मार्ग कालोपत्र धेरै वर्ष पहिला भइसक्नुपर्ने भन्दै नेता पौडेलले धार्मिक पर्यटनमार्फत छाब्दीमा पर्यटक भित्र्याउन सकिने बताउनुभयो । उहाँले आजै व्यास नगरपालिका–५ पाटनमा निर्माण भइरहेको पराशर उद्यान र दमौलीमा निर्माणाधीन सभागृह भवनकोसमेत अनुगमन गर्नुभयो । दमौलीदेखि छाब्दीसम्मको सात किलोमिटर सडक कालोपत्रका लागि व्यास नगरपालिकाले रु दुई करोड, सङ्घीय र प्रदेश सरकारले रु एक/एक करोड बजेट विनियोजन गरेको थियो ।


