काठमाण्डौमा २४ पटक सगरमाथा चढेका कामिरिता शेर्पाको यस्तो राम्रो स्वागत

अ+
अ
अ-

काठमाण्डौ । २४ पटक सगरमाथा सफलतापुर्वक आरोहण गरिसकेका कामिरिता शेर्पाको काठमाण्डौमा स्वागत भएको छ । उनको काठमाण्डौ स्थीत त्रिभुवन विमानस्थलमा स्वागत भएको हो । यही जेठ ७ गते सगरमाथाको २४ औँ पटक आरोहण गरेपछी उनको चर्चा विश्वभर भैरहेको छ । उनले यो कुराको बारेमा संक्षिप्त रुपमा बयान दिँदै आगामी वर्षमा पनी यो कुरालाई निरन्तरता दिइराख्ने बताएका छन । २४ पटक सगरमाथा चढ्दा कस्तो महसुस भयो भन्दा उने आफुलाई निक्कै नै गर्व र खुसी महसुस भएको बताएका छन । उनले आफनो शारिरिक अवस्था पनी निक्कै तन्दुरुस्त भएको बताएका छन । उनकी पत्नीले पनी श्रीमानको सफलतामा आफनो खुसीको सिमा नरहेको बताएकी छिन । उनलाई त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा भव्य स्वागत गरिएको थियो ।