बिधुत चुहावट गर्नेलाई कारबाही गर

अ+
अ
अ-

१३ जेष्ठ, हेटौडा:प्रदेस नम्बरको ३ को प्रस्ताविक राजधानी तथा मकवानपुर जिल्लाको सदरमुकाम हेटौडामा रहको हेटौडा अस्पतालले १२ लाख बिजुलीको पैसा तिरेन भन्दै नेपाल बिधुत प्राधिकरणले बिधुत आपूर्ति बन्द गरि दिएको छ ।

नेपाल बिधुत प्राधिकरणकै ट्रेड युनियनले जनकपुर उप महानगर पालिकाले सबै वडाहरुमा रहेको सडक बत्तीमा स्विच नराखी सिधै लाईन जोडी बत्ति बालेको तर उक्त स्थानका वितरण प्रमुख देखि अन्य कर्मचारीहरुले कुनै वास्ता नगरेको हुँदा त्यस तर्फ कारबाही गरि पाउन भनि नेपाल बिधुत प्राधिकरण ट्रेड युनियन कर्मचारी संघले महानिर्देशक कुलमान घिसिंगलाई पत्र लेखि ध्यानाकर्षण गराएको छ । तराईका स्थानहरुमा बिजुलीको लाईनमा सिधै हुकिंग गरि बिजुली चोर्ने घटना नयाँ र नौलो पनि हैन । बिधुत दुरुपयोग गर्ने माथि कडाईका साथ उत्रिने कुलमानले जनकपुर उपमहानगर पालिका माथि कुनै कारबाही गर्छन वा गर्दैनन त्यो हेर्न भने केहि समय कुर्नु पर्ने हुन्छ ।