सिंहदरबार नजिकै भयो शक्तिशाली बम बिस्फोट, तीन जनाको मृत्यु, हेर्नुहोस् भिडियोमा सबै जानकारी

अ+
अ
अ-

१२ जेठ, काठमाडौं । काठमाडौंका दुई स्थानमा बम बिस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । सुकेधारामा भएको बिस्फोटमा दुई र सिंहदरबार नजिकै घट्टेकुलोमा भएको बिस्फोटमा एक जनाको मृत्यु भएको हो । सुकेधाराको ढलाने पुल नजिकै बिस्फोट भएको प्रहरीले जनाएको छ ।

सुकेधारामा एकजनाको घटनास्थलमै र अर्को एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी कन्ट्रोल रुमले जानकारी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार विष्फोटमा परी काभ्रे घर भएका कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेलका सुरेन्द्र महर्जनको मृत्यु भएको छ ।

घटनामा ६ जना घाइते भएका छन् । घटनालगत्तै खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । बिस्फोट कसले गराएको हो भन्ने खुलेको छैन । घटनास्थलमा अहिले निकै भीडभाड छ । घटनास्थललाई सील गरेर प्रहरीले अनुसन्धान गरिएको छ । घटनास्थल क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समेत प्रहरीलाई हम्मेहम्मे परेको छ ।