संखुवासभाको वर्थिङ सेन्टरमा पहिलो बच्चा जन्मियो

अ+
अ
अ-

संखुवासभा / संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. १ को वर्थिङ सेन्टरमा पहिलो पटक बच्चा जज्मिएको छ ।

वडा नं. १ को कुसुवामा रहेको शहरी स्वास्थ्य केन्द्रको वर्थिङ सेन्टरमा शनिबार बच्चा जमिएको केन्द्रका इन्चार्ज हरि कुमार राईले बताए ।

दम्पति दिपक घिमिरे र जानुका घिमिरेको पहिलो सन्तान वर्थिङ सेन्टरमा जन्मिएको पहिलो बच्चा भएको इन्चार्ज राईले बताए ।

गत साता स्वास्थ्य केन्द्रको भवनसंगै वर्थिङ सेन्टरको उद्घाटन गरिएको थियो ।