अ+
अ
अ-
गाउँपालिका कार्यालयको ढोकामै शंकास्पद बस्तु फेला
बझाङ । बझाङमा शंकास्पद बस्तु फेला परेको छ । बझाङको छबिसपाथिभरा गाउँपालिका कार्यालयमा शंकास्पद बस्तु फेला परेको जनाइएको छ । वडा नम्बर २ का अध्यक्ष विकास कुमारका अनुसार मगलबार बिहान ९ बजे कार्यालय ढोकामै शंकास्पद बस्तु फेला परेको बताइएको छ ।

गाउँपालिका कार्यालयको ढोकामै टायम बम लेखिएको बस्तु भेटिएको प्रहरी नायब उपरीक्षक सुर्यबहादुर केसीले जनाएका छन् । शंकास्पद बस्तु कसले राखेको भन्ने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दिउँसो तिर नेपाली सेनाको प्राबिधीक टोलीले बम निष्कृय गरेको जनाइएको छ ।


