समाचार

‘जबजको गहन अध्ययन आवश्यक’

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले जनताको बहुदलीय जनवादका बारेमा गहिरो अध्ययन गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेकपा कास्कीद्वारा छब्बिसौँ मदन–आश्रित स्मृति दिवस एवं पार्टी एकताको प्रथम वार्षिकोत्सवका उपलक्ष्यमा पोखरामा आयोजित प्रवचन गोष्ठीमा उहाँले समाजको उत्पीडन र शोषण अन्त्यका लागि जबज महत्वपूर्ण कडी भएको बताउनुभयो । मदन भण्डारीले प्रतिपादन गरेको कम्युनिष्ट पार्टी सिद्धान्त र विचार आयातित नभई मौतिकतामा आधारिता रहेको उल्लेख गर्दै उहाँले त्यसैका जगमा पार्टी अघि बढेको बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *