समाचार

सुनसरीमा बसले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको अवस्था गम्भीर

इनरुवा । पूर्व बाट पश्चिम तर्फ जादै गरेको बसले विपरीत दिशा बाट आएको मोटरसाइकल लाई ठक्कर दिदा दुईजना गम्भीर घाइते भएका छन् । नसरीको कोशी गाउँपालीका ४ स्थित कोशी कटान क्षेत्रमा मंगलवार दिउँसो बिराटनगर बाट गाईघाट जादै गरेको ना ४ ख ६०६३ नम्बरको बसले विपरीत दिशा बाट आएको २८ प ५६२४ नम्बरको मोटरसाइकल लाई ठक्कर दिदा दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट मोटरसाइकलमा सवार कोशी गाउँपालीका ४ बस्ने २० वर्षका हरिकुमार यादव र कोशी कटानमा टायर पसल गर्ने नाम नखुलेको एकजना व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जनालाई उपचारको लागि बिराटनगरको नोबेल हस्पिटलमा पठाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *