मनोरञ्जन
नायक राजेश हमालले सञ्चालन गर्ने टेलिभिजन शो ‘को बन्छ करोडपति’मा यी प्रतियोगी बने पहिलो करोडपति
काठमाडौँ – चर्चित टेलिभिजन शो ‘को बन्छ करोडपति’ हप्ताको शनिबार, आइतबार र सोमबार ८३० बजे एपीवान एचडीबाट प्रसारण हुन्छ।ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ’को बन्छ करोडपति’सुरु भएको हो । यस कार्यक्रमलाइ नायक राजेश हमालले सञ्चालन गरेका छन् ।यस कार्यक्रम एसआरबीएन मिडियाको सहप्रायोजन रहेको छ ।
कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिनेछन्। यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन्। तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन्। आज प्रशारित एपिसोडमा विराटनगरका राजीव जैन पहिलो करोडपति बनेका छन्।उनले एक करोड जितेका छन् ।


