समाचार
जनकपुर विश्वका लागि नै प्रेरणा स्रोत होः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी महोत्सवले नेपालको सामाजिक सांंस्कृतिक समन्वय, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । जानकी नवमीका अवसरमा जानकी मूल समारोह समितिद्वारा आज जनकपुरधामको जानकी मन्दिरमा आयोजित जानकी जन्ममहोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मौलिक मिथिला कला, कालिगढी र संस्कृतिको उत्कृष्ट नमूनाका रूपमा विश्वविख्यात जानकी मन्दिरको अवलोकनसहित पूजार्चना र दर्शनले आफ्नो मन प्रसन्न भएको छ भन्नुभयो ।
प्राचीन मिथिलाको राजधानी सीताको जन्मभूमि ऐतिहासिक पुरातात्विक नगरीस्थित नौलखा मन्दिर परिसरमा आयोजित उत्सवले ‘बसुधैव कुटुम्बकम’को भावना थप सुदृढ पार्न मद्दत मिल्ने विश्वास व्यक्त गर्दै उहाँले संस्कृति र परम्पराको संरक्षण तथा सम्बद्र्धन सबैको कर्तव्य र पुर्खाले सुम्पिएको महत्वपूर्ण दायित्व भएकामा जोड दिनुभयो । उहाँले भन्नुभयो,” यो पुण्यभूमि जनकपुर जहाँबाट विदेह राजर्षि जनक तथा महर्षि अष्टाबक्रले ज्ञानको ज्याति तथा शान्ति र सहिष्णुताको सन्दैश फैलाए यसको महत्व चिरकालसम्म रहिरहने छ ।

