समाचार

मिडियालाई सुरक्षित गर्ने ऐन ल्याइने :मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको मिडियालाई सबैभन्दा सुरक्षित गर्ने ऐन ल्याउन लागिएको बताउनुभएको छ ।नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ३ नम्बर प्रदेश भेलाको आज धुन्चेमा उद्घाटन गर्दैै मन्त्री बाँस्कोटाले प्रेस जगत समाजको दर्पण भएका कारण सत्य तथ्य समाचार सङ्कलन गर्न आग्रह गर्नुभयो ।कुनै पनि कानून बनाउँदा अरुलाई सोधेर मस्यौदा बनाउने नभइ सरकार आफैँले बनाइ विधेयक संसदमा पेश गर्ने प्रक्रिया रहेको उहाँले स्पष्ट पार्नुभयो । मन्त्री बाँस्कोटाले सामाजिक, आर्थिक संस्कृतिसमेत समग्र विषयवस्तुलाई समेटि समृद्ध नेपाल बनाउन वर्तमान सरकार अगाडि बढिरहेको बताउनुभयो ।
उहाँले रसुवा जिल्लाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड, पर्यटकीय क्षेत्र लाङटाङ र नेपालको उत्तरी नाका रसुवागढी यही जिल्लामा रहेकाले आउँदै गरेको पर्यटन वर्षलाई सफल पार्न एकताबद्ध तवरले अगाडि बढ्न रसुवालीलाई आग्रह गर्नुभयो ।यस्तै गोसाइँकुण्ड गाउँपालिकाले स्याफ्रुबेसीमा आयोजना गरेको गाउँपालिकास्तरीय प्रथम अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल प्रतियोगिताकोसमेत मन्त्री बाँस्कोटाले आजै उद्घाटन गर्नुभयो ।सो अवसरमा उहाँले खेल जगतले शारीरिक स्वस्थ्यता कायम गर्नुका साथै अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उच्च राख्ने भएकाले अनुशासित तवरबाट अगाडि बढ्न खेलाडीलाई आग्रह गर्नुभयो । उहाँले दुई वटा विद्यालयलाई पहिलो चरणमा इन्टरनेट सुविधा दिने घोषणा गर्दै प्रस्ताव पेश गर्न आग्रह भयो ।त्यसैगरी मन्त्री बाँस्कोटाले आजै ऐतिहासिक रसुवागढीको निरक्षण गरी, रसुवागढी भन्सार कार्यालयको गतिविधि बारे अवलोकन गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *