समाचार

कांग्रेस ‘कमजोर प्रतिपक्षी’

काठमाडौं / सरकारका कामकारबाही सन्तुलनमा राख्न संसद्‌मा प्रतिपक्षी दलको भूमिका रचनात्मक र प्रभावकारी हुनुपर्छ । तर, संसदीय अभ्यासमा खारिएको नेपाली कांग्रेस यो भूमिकामा ‘खरो’ उत्रिन नसकेको पार्टीभित्र र बाहिरबाट आलोचना हुन थालेको छ ।
अहिले मुलुकमा दुई तिहाइ बहुमतप्राप्त वामपन्थी नेतृत्वको सरकार छ । चुनावअघि कम्युनिस्टले जिते अधिनायकवाद आउँछ भन्ने नारा लगाएको कांग्रेस अहिले पनि त्यसकै वरिपरि घुमिरहेको छ । राजनीतिशास्त्रका प्राध्यापक तथा विश्लेषक कृष्ण खनाल कांग्रेसले अधिनायकवाद आउँछ भन्दैमा मानिसले पत्याउने स्थिति नरहेको बताउँछन् ।

‘प्रतिपक्षीका रूपमा कांग्रेसले आफ्नो इस्यु (मुद्दा) नै पहिचान गर्न सकेजस्तो देखिँदैन । सरकारको विरोध गर्नुपर्छ भन्ने सनातनी परम्परा मात्रै धान्दै छ,’ उनले भने, ‘संसद्‌भित्रको परिवर्तनलाई आत्मसात गरेर कांग्रेसले भूमिका खेल्न सकेको छैन ।’

संसद् सञ्चालन भएको करिब पाँच महिनाको अवधिमा कांग्रेस धेरै ठाउँ चुकेको छ । विरोध जनाउने तर त्यसको औचित्य साबित गर्न नसकेको उदाहरण सरकारको नीति तथा कार्यक्रममाथि कांग्रेसले देखाएको भूमिकाले समेत पुष्टि गर्छ । विरोध गरेर संशोधन प्रस्ताव हालेको कांग्रेसको मौन समर्थनमै नीति तथा कार्यक्रम पारित भएको थियो । आजको कान्तिपुरमा खबर रहेकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *