समाचार

गिरिजाबाबुको सपना समृद्ध नेपाल : सुजाता

सुजाता कोइराला, नेता नेपाली कांग्रेस : जनताले समृद्धि नेपाल निर्माण गर्न भनेर यो सरकारलाई भोट दिएका हुन् । सरकार देशको हरेक समस्या हल गर्दै स्थिरता ल्याओस् भन्ने जनअपेक्षा पनि हो । तर, अहिले सरकारको काम कारबाही र समस्त गतिविधिप्रति जनता त्यति खुसी छैनन् । सरकारले एक वर्षको समयमा के के काम गर्नुपर्ने थियो, ती काममा केन्द्रित भएको देखिएको छैन । त्यसकारण अहिलेको सरकारको हालसम्मको कामको प्रगति त्यति प्रभावकारी नै छैन ।

अहिलेको मुख्य कुरा के हो भन्दा नेपाल समृद्ध हुनुप¥यो । प्रधानमन्त्रीले चुनावताका बोलेका सबै काम पारदर्शी भएर काम गर्नुपर्छ । जनताको जीवन र देशको भविष्यमाथि खेलवाड गर्न पाइँदैन । हालसम्मको सरकारको काम गराईको अवस्थालाई हेर्ने हो भने त्यति प्रभावकारी नै देखिएको छैन । नेपाली कांग्रेसको मुल आशय भनेको पनि समृद्ध मुलुक हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *