समाचार

नेपाली कुकुरले सात हजार मिटर अग्लो वरुण हिमाल चढेर विश्वभरिका मानिसहरूलाई पारिदियो चकित

एउटा नेपाली कुकुरले सात हजार मिटर अग्लो वरुण हिमाल चढेर विश्वभरिका मानिसहरूलाई चकित पारिदिएको छ ।पर्वतारोहीहरूका टोलीलाई पच्छाउँदै गएको ‘आवारा’ कुकुरले टोलीसँगै हिमाल आरोहण गरेको हो । अहिले उक्त कुकुरलाई माउन्टेन गाइड काजी शेर्पाले पालेका छन् ।

काठमाडौंस्थित समीट क्लाइम्ब एक्सपेडिसनमार्फत गएको अमेरिकी नागरिक डन वार्गोस्कीले नेतृत्वको आरोहण टोलीसँगै कुकुर वरुणत्से हिमालको शिखरमा पुगेको हो। हालसम्म शेर्पाहरूले पालेको भोटे कुकुर सगरमाथाका आधार शिविर र त्यहाँबाट कहिलेकाँही दोस्रो समीट ९समीट टू०सम्म पुगे पनि शिखर नै आरोहणका यो पहिलो घटना भएको बताइउको छ ।

सुरूमा मिरा नाम राखिएको कुकुरले वरुणत्से आरोहण गरेपछि अहिले त्यसको नाम बरु राखिएको छ । त्यो कुकुर आरोहीहरूसँगै २ दिनसम्म हिमालका शिखर चढ्न र झर्नमा व्यस्त थियो । त्यो कुकुरले बिना कुनै सहायता सगरमाथा नजिकै हिमाल चढेको बिबिसीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *