समाचार

काभ्रेमा बर्डफ्लुबाट मृत्यु भएको भनिएका व्यक्तिको नाम किन खुलाइएन ?


भक्तपुर : विशेष गरी कुखुरामा लाग्ने इन्फ्लूएन्जा ए (एच५एन१) बर्ड फ्लूबाट नेपालमा पहिलो-पटक मानिसको मृत्यु भएको छ। काभ्रेका २१ वर्षीय युवाको मृत्यु भएको बर्डफ्लुकै कारण मृत्यु भएको हो।मन्त्रालयका अनुसार बिरामीको उपचारको क्रममा श्वासप्रश्वासमा समस्या भइ चैत १५ गते मृत्यु भएको थियो । समयमै उपचार हुन नसकेको कारण बर्डफ्लुबाट मृत्यु भएको चिकित्सकको भनाई छ। यद्दपी मृतकको नाम भने खुलाइएको छैन।

बर्डफ्लू रोग बारे भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलका कार्यालय प्रमुख डा.मोगल प्रसाद शाह भन्छन, ‘अवैधानिक रुपमा बर्डफ्लु लागेको कुखुरा बेचविखन गर्नाले पनि यस्तो रोग फैलिएको हो। त्यस्ता वेचिएको कुखुरामार्फत काग हाँस देखि अहिले मानवमा समेत् सरेको छ।बर्डफ्लु संक्रमणबाट बच्न र लाग्न नदिन हामीले विभिन्न जनचेतनामुलक संदेश दिईनै रहेको छौ।’

सन् १९९६ मा भाइरस पत्तालागेयता हालसम्म विश्वमा ८६० जनाको मृत्यु भइसकेको छ । बर्डफ्लु मान्छेबाट मान्छेमा सर्यो भने निकै खतरनाक सावित हुने भएकोले कुखुरालाई बिर्डफ्लु लाग्ने बित्तिकै नष्ट गर्ने गर्दै आएको डा. शाहको भनाई छ। उनले कुखुराको नजिक जाँदा मास्क, पन्जा लाउन अनिवार्य आवश्यक रहेको र जैविक सुरक्षा र भ्याक्सिन लगाउन सुझाब समेत् दिएका छन्।

सरकारले कुनै पनि किसानको कुखुरा फारममा बर्डफ्लु लागेको देखिएमा तत्काल नष्ट गर्न सुझावको साथ्साथै क्षतिपूर्तिको पनि व्यवस्था गरेको छ। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *