समाचार
करेन्ट लागेर कैलालीमा एकको मृत्यु
टीकापुर – कैलालीमा करेन्ट लागेर एकको मृत्यु भएको छ । मृत्यु हुनेमा छोटु चौधरी रहेका छन् ।छिमेकीको घरमा वत्ती वाइरिङ गर्ने क्रममा टीकापुर नगरपालिका ६ का छोटु चौधरीको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाईते भएका उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको हो ।

अस्पताल पुगेको केही बेरमा चौधरीलाई डाक्टरहरुले मृत घोषणा गरेका थिए । प्रहरीले जनाए अनुससार अहिले चौधरीको शव पोष्टम्यार्टमका लागि टिकापुर अस्पतालमा राखिएको छ



