समाचार

गौतमबुद्ध विमानस्थल निर्माणमा बुटवल उपमहानगरपालिकाले गरेन सहयोग

काठमाडौं । निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सम्पन्न हुनुपर्ने मिति अब दुई महिनाभन्दा कम छ।

१३ असार भित्र ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले विमानस्थलका सबै भौतिक निर्माणका काम सम्पन्न गर्नुपर्ने हो।तर, अहिलेसम्मको प्रगति हेर्दा यो दुई महिनामा विमानस्थलको काम नसकिने स्पष्ट भएको छ ।

विमानस्थल निर्माणमा बुटवल उपमहानगरपालिकाले भने असहयोग गरेको छ। विमानस्थल आयोजना कार्यालयका अनुसार सम्झौताअनुसार बुटबल उपमहानगरपालिकाले नदीजन्य निर्माण सामाग्री उपलव्ध गराउन सहयोग गरेको छैन। यो समाचार आजको कारोबार दैनिकमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *