समाचार
मोटरसाइकल र पेस्तोल फालेर फरार
धनुषामा चेकजाँच गर्ने क्रममा बुधबार एक थान कटुवा पेस्तोल बरामद भएको छ । धनुषाको औरही गाउँपालिका–३ विकमपुरबाट सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रसिंह धामीको नेतृत्वमा खटेको टोलीले चेकजाँच गर्ने क्रममा कटुवा पेस्तोल बरामद गरेको हो ।
सशस्त्र प्रहरीले चेकजाँच गरिरहेको देखेपछि बीआर ३२ जीएच ७६२ भारतीय नम्बर प्लेटको गाडीमा सवार भएका मानिस मोटरसाइकल र हतियार फालेर फरार भएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिनुभयो ।


