समाचार

पाँच वर्ष कैदसहित ५० हजार जरिवाना तोकेपछि गाँजा मुद्दामा फरार भएका इन्द्र लामा जेल चलान

लागुऔषध गाँजा मुद्दाका फरार इन्द्र लामा मोक्तानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवनकुमार झासहितको टोलीले पक्राउ गरेको छ ।मकवानपुर जिल्ला अदालतले गत चैत्र १८ गतेको फैसलामा अभियुक्त मोक्तानलाई पाँच वर्ष कैदसहित रु ५० हजार जरिवाना तोकेको थियो ।

अदालतले कारवाहीको फैसला गरे पनि ३९ वर्षीय मोक्तान फरार रहेका थिए । उनलाई राक्सिराङ गाउँपालिका–५ स्थितबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मोक्तानलाई जिल्ला अदालतमा उपस्थित गराएर उक्त कैद भुक्तानको लागि भीमफेदी कारागार पठाइएको जानकारी गराएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *