समाचार
पाँच दिन अघि ईनारमा खसेका जिम्बाको नेपाली सेनाद्वारा जीवितै उद्दार, १३ वर्षीय बालकले इनारमा देखेर भुत भन्दै भागेपछि घटना बाहिर आएको थियो
बैशाख १६, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका घुर्कौलीस्थित ईनारमा खसेका एक सर्वसाधारणलाई पाँच दिनमा सोमबार नेपाली सेनाले जीवितै उद्दार गरेएको छ ।हरिवन नगरपालिका—५ का ५५ वर्षिय सानुमान जिम्बालाई नेपाली सेनाको टोलीले उद्धार गरेको हो ।

वैशाख १२ गतेदेखि हराईरहेका जिम्बालाई सोमवार बिहान ३० फिट गहिरो पानी सुकेको ईनारमा स्थानीय १३ वर्षीय बालक बिवस पाख्रीनले देखेका थिए । ईनारमा जिम्बालाई देखेपछि भुत भन्दै बिवस गाउँतिर भागेपछि गाउँलेले घटनाबारे थाहा पाएका हुन् ।
स्थानीय समाजसेवी सुरेन्द्र लामाका अनुसार देख्नेवितिकै प्रहरीलाई खबर गरेका र ईनारमा फ्रुटी, पानी लगायत तरल पदार्थ झारेको र जिम्बाले पानी सहित फ्रुटी तत्कालै खाएका थिए ।जिम्बाको स्वास्थ्य अवस्था अत्यन्त कमजोर रहेको बताइएको छ ।जिम्बा हराएपछि उनकी श्रीमती सहित परिवारका सदस्यहरु उनको खोजिमा भौंतारिरहेका थिए ।

