समाचार

अत्यधिक मदिरा सेवन गरेर साइकल यात्रीलाई ठक्कर दिइ तीव्र गतिमा भागेका मोटरसाइकल चालक राजेशको घटनास्थ मानै मृत्यु, पक्राउ पर्ने डरले भाग्दा भयो यस्तो हालत

काठमाडौँ -साइकल यात्रीलाई ठक्कर दिई भाग्न खोज्दा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजेश श्रेष्ठ रहेका छन् । सर्लाहीको हरिवन नगरपालिकामा साइकलमा हिँडेका एकजनालाई ठक्कर दिएर भाग्दा तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परि सोहि नगरपालिका९१० सुखेपोखरी बस्ने ३८ वर्षीय राजेश श्रेष्ठको मृत्यु भएको हो।

अत्यधिक मदिरा सेवन गरेर चलाएको बा २९ प ८३१८ नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिई भाग्न खोज्दा मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको र सो क्रममा गम्भीर घाइते भएका उनको उपचारको क्रममा नमूना अस्पताल हरिवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीका अनुसार सडकमा पल्टिएको मोटरसाइकल हतार हतार उठाएर भागेका उनी पक्राउ पर्ने डरले तीव्र गतिमा कच्ची सडक कुदेकाले दुर्घटना भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *