समाचार
सिएमसी अस्पतालको लापरबाही : ९ महिने बच्चालाई २ वर्षको भन्दै उपचार गरेपछि गयो ज्यान, घटनास्थलमा नेपाल प्रहरीहरु सयौंको संख्यामा परिचालन
काठमाडौं । चितवन मेडिकल कलेजको चरम लापरबाहीको कारण गोरखा फुजेलका ९ महिने नाबालक रुप्सन घिमिरेको मृत्यु भएको छ ।गत बिहीबार उपचारको क्रममा आईसीयूमा रहेका नाबालकको मृत्यु भएको रर यसमा मेडिकल कलेजको चरम लापरबाही भएको परिवारले आरोप लगाएका छन् ।गत बिहीबार उपचारको क्रममा आईसीयूमा रहेका नाबालकको मृत्यु भएको थियो ।

मृतक नाबालकका बुबा रुपेश घिमिरेले भने, ‘अस्पतालको रिपोर्टमा ९ महिनाको मेरो बाबुलाई २ वर्षको भनेर लेखेको छ । त्यहीअनुसार उपचार गरेको पाइयो ।’ ९ महिनेको नाबालकलाई २ वर्षीय बालक भन्दै अस्पतालले मात्राभन्दा बढी डोजको औषधी दिएको उनको आरोप छ ।
अस्पतालले मृत भएको घोषणा गरेपनि आफूहरुलाई थाहा नै नदिई बालकको शव भरतपुर अस्पताल रिफर गरेको नाबालकका आफन्तले बताएका छन् ।हाल घटनास्थलमा नेपाल प्रहरीहरु सयौंको संख्यामा परिचालन गरिएको छ ।