समाचार
डिपेन्डेन्ट भीसामा अस्ट्रेलिया पुगेका नेपाली युवक दीपकको हृदयघातका कारण मृत्यु , पानी पिउन ओछयानबाट उठेका उनी एक्कासी लडेर बेहोस भएका थिए
काठमाडौँ – अस्ट्रेलियाको सीड्नीमा एक नेपाली युवकको मृत्यु भएको छ। मृत्यृ हुनेमा दीपक श्रेष्ठ रहेका छन् । मकवानपुरको हेटौंडा १७ चुच्चेखोला घर भएका ३१ वर्षीय दीपक श्रेष्ठको हृदयघातका कारण शनिबार मृत्यु भएको हो।

पानी पिउन ओछयानबाट उठेका उनी शनिबार बिहान एक्कासि बेहोस भएपछि उनलाई अस्पताल पुर्याईएको र उनको उपचारको क्रममा मृत्यु भएको हो ।
श्रेष्ठको हृदयघातका कारण मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। उनको शव अन्तिम संस्कारका लागि नेपाल ल्याउने तयारी गरिएको पारिवारिका सदस्यले बताएका छन्।