समाचार

पानीको मुहान सुकेर पानी बस्ती नै उजाड हुने खतरामा

तनहुँ,-पानीको मुहान सुकेर पानी अभाव हुँदै जान थालेपछि पानीको मूलको संरक्षण गर्न यतिबेला नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल सक्रिय भएर लाग्नुभएको छ । शुक्लागण्डकी नगरपालिका वडा नं ८ स्थित ढोरफिर्दीमा रहेको पानीको मुहान नजिकै नेता पौडेलले बिरुवा रोपेर पानीको मुलको संरक्षण गर्नुभएको हो । वन जङ्गल फँडानीले पानीको मूल सुक्दै जान थालेपछि नेता पौडेलले स्थानीयलाई साथ लिएर मूलको संरक्षणमा लाग्नुभएको हो ।

नेता पौडेलले पछिल्लो समय ग्रामीण भेगमा खानेपानीको अभाब ज्यूँका त्यू छ भन्नुभयो । मानिस सहर झर्नेक्रम बढ्नु र पानीको मुहान सुक्दै जान थालेपछि बस्ती नै उजाड हुने खतराबाट बचाउन आवश्यक भएको उहाँले उल्लेख गर्नुभयो ।

वन विनाश हुनेक्रम बढेसँगै पानीको स्रोत पनि सुक्दै गएको छ शुक्लागण्डकी– ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले भन्नुभयो, “बर्खायाम शुरु भइसक्दा पनि पानीको मूल नफुट्दा झनै समस्या उत्पन्न भएको छ ।” शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले खानेपानी समस्याको समाधानका लागि स्थानीयवासीले सक्रियता देखाउनुपर्ने बताउनुभयो । “आफू र आफ्नो सन्ततिका लागि पनि पानीको मुहान संरक्षण गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “यसका लागि सर्वप्रथम स्थानीयवासी नै जागरुक बन्नुपर्छ ।”

शिक्षासँग नेविसङ्घलाई जोड्नुपर्ने -नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालको शिक्षासँग नेपाल विद्यार्थी सङ्घलाई जोड्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल विद्यार्थी सङ्घको ५०औँ स्थापना दिवसका अवसरमा शुक्लागण्डकी नगर समितिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका पूर्वसभापति पौडेलले नेपाल विद्यार्थी सङ्घलाई जुझारु सङ्गठनका रुपमा स्थापित गर्न आवश्यक रहेकामा जोड दिँदै समाजमा भएका विभेद अन्त्यका लागि नेपाल विद्यार्थी सङ्घले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *